थप २६३४ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमितको मृत्यु

काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा देशभर २६३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५०३ पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २६३४ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here