कोपा अमेरिकाः फाइनल प्रवेशको लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै

काठमाडौं । ब्राजिलमा जारी ४७औँ दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल बुधबार बिहान हुँदै छ । भोलि बिहान नेपाली समयानुसार ६ः४५ बजे हुने उक्त खेलमा अर्जेन्टिना र कोलम्बियाले खेल्दै छन् ।

ब्राजिलमा हुने उक्त खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । अर्जेन्टिना र कोलम्बियाको विजेता टिमले फाइनलमा ब्राजिलसँग भेट गर्नेछ । ब्राजिल मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै उपाधि नजिक पुगिसकेको छ ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनल प्रवेश गर्न इक्वाडरमाथि ३–० गोलको जित निकालेको थियो । अर्जेन्टिना पछिल्ला १८ खेलमा अपराजित छ । अघिल्लो संस्करणको कोपा आमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेयता उसले पराजय भागेको छैन ।

यता, कोलम्बिया भने उरुग्वेमाथि पेनाल्टी सुटआउटमा ४–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिना १४ पटकको उपाधि विजेता हो । तर उसले सन् १९९३ यता उपाधि जित्न सकेको छैन । कोलम्बियाले भने एकपटक २००१ मा उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here