युरोकपः फाइनल प्रवेशको लागि इटाली र स्पेनको भिड्दै, यस्तो छ इतिहास

काठमाडौँ । युरोकप अन्तर्गत आज पहिलो सेमिफाइनलमा १ पटकको युरो विजेता इटाली र ३ पटकको विजेता स्पेन भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे हुदै छ ।

इटालीले बेल्जियमलाई क्वाटरफाइनलमा २(१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । इटालीले यस युरोकपमा खेलेका पाँचै खेलमा अपराजित हुदै सेमिफाइनलमा पुगेको छ ।

इटाली योसहित पाँचौ पटक युरोकपको सेमिफाइनल खेल खेल्दै छ । १९६८ मा युरोकपको उपाधि जितेको इटाली २००० र २०१२ मा उपविजेता बनेको थियो । त्यस्तै १९८० र १९८८ मा सेमिफाइनल खेलेको थियो ।

त्यस्तै स्पेनले क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यसअघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

स्पेनले यस युरोकपमा शुरुका दुई खेलमा बराबरी खेलेको थियो भने त्यसपछिका तीन खेलमा लगातार जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

स्पेन र इटाली यसअघि ३३ पटक एक आपसमा खेलिसकेका छन् । जसमा स्पेनले १२ खेल जितेको छ भने इटालीले ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै १२ खेल बराबरीमा रोकिएका छन् ।

दुवैबीच पछिल्लो खेल २०१७ को सेप्टेम्बरमा विश्वकप छनौटको खेलमा भएको थियो, जसमा स्पेनले इटालीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै इटालीले स्पेनलाई पछिल्लो पटक २०१६ को युरोकपको समुह चरणको खेलमा २-० गोल अन्तरले पराजित गरेको थियो ।

२०१२ को युरोकप फाइनलमा स्पेनले इटालीलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here