बलिउडमा र्यापर रफ्तारले भित्र्याए क्रिप्टोकरेन्सी

काठमाडौँ । बलिउडमा पनि अब क्रिप्टोकरेन्सीले इन्ट्री पाएको छ । विश्वभर लोकप्रिय हुदै गरेको क्रिप्टो करेन्सीले अब बलिउडलाई आकर्षित गर्न लागेको छ ।

चर्चित र्यापर एवं संगीतकार रफ्तारले आफ्नो शो को लागि क्रिप्टो करेन्सी लिएसंगै उनी क्रिप्टो करेन्सीमा भुक्तानी लिने पहिलो बलिउड सेलिब्रेटी बनेका छन् ।

रफ्तारले आगामी जुलाईमा क्यानडाको ओटावामा हुने एक प्राइभेट शो को भुक्तानी क्रिप्टोकरेन्सीमा लिने सम्झौता भएको जानकारी दिएका छन् ।

उनले भने ‘म सधै ब्ल्याकचेन प्रविधिको फ्यान हुँ । मलाई सधै आश्चर्य हुने गर्दथ्यो की कलाकारहरुले अहिलेसम्म यस माध्यमलाई किन अपनाएनन् । आखिरी हामीले यसमा एउटा स्टेप लिएका छौं ।’

क्रिप्टोकरेन्सी एक किसिमको डिजिटल पैसा हो । कैयौ देशले यसलाई किनमेल र सेवाका लागि प्रयोगको अनुमति समेत दिएका छन् । यो कुनै नोट या सिक्काको रुपमा प्रिन्ट या उपलब्ध हुदैन ।

यसको कुनै बैंक या एटीएम पनि हुदैन । विश्वबजारमा गत अप्रिलसम्म क्रिप्टोकरेन्सीको बजार दुई ट्रीलियन डलरको भएको बताइएको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here