स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली युरोकपको फाइनलमा

काठमाडौं, २३ असार । स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरोकपको फाइनलमा पुगेको छ ।

वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४(२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।

पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन ।

तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here