कोपा अमेरिका: कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं, २३ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए। कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके।
school

अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे। डि पाउलको पेनाल्टी भने सफल हुन सके।

फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here