माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने अंकित मूल्यमा ३० लाख कित्ता ‘ माछापुच्छे ऋणपत्र २०८७’ जारी गर्न लागेको हो ।

यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक व्याजदर ८.५ प्रतिशत पाइनेछ ।

यस ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन १७ गतेसम्म बिक्री खुला हुनेछ ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here