युरो कप : फाइनल प्रवेशको लागि इङ्ग्ल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौं । १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा इङ्ग्ल्यान्ड र डेनमार्क भिड्दै छन् ।

लन्डनस्थित वेम्बली स्टेडियममा हुने उक्त खेलमा इङ्ग्ल्यान्ड र डेनमार्क एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । यस खेलको विजेता टिमले फाइनलमा इटालीको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here