साना किसान विकास लघुवित्तको २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव मंगलबार भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब ३०० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सभापति एवम् वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस वित्तीय संस्थाले ७४ जिल्लाका ५३१ पालिकामा ९५७ साना किसान कृषि सहकारी संस्था सहित कुल १३७४ सहकारी संस्थाहरुको प्रवर्धन र विकास गरी यिनै मार्फत ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्धन कार्यक्रम पु¥याउन सफल भएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here