शेयर बजारको ओरालो यात्रा कायमै, धेरै गुमाउनेमा अपर तामाकोशीका शेयरधनी

काठमाडौं, २३ असार । साताको चौथो कारोबार दिनपनि शेयर बजारको ओरोलो यात्रा कायम नै रह्यो । बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा झरेको छ । यो संख्या मंगलबारको तुलनामा ०.६० प्रतिशत कम हो ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.५० अंकले घटेर ५२५.२४ अंकमा झर्यो ।

आज लघुवित्त र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक घट्यो । बुधबार लघुवित्तको ०.३८ प्रतिशत र विकास बैंकको ०.२६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको घट्यो । यस समुहको सूचक २.१६ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको २.१३ प्रतिशत घट्यो ।

कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार केही सुधार भएको छ । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाए । कम्पनीको शेयर मूल्य ३.१६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अपर तामाकोशीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.४५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार छिमेक लघुवित्त विकास बैंकले गर्यो । विकास बैंकले ४३ करोड ५४ लाख रुपैयाँको कारोबार गर्यो । त्यस्तै, अपर तामाकोशीले २६ करोड १६ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here