इसेवा र युकेको सिफ्ट सर्विसबीच सम्झौता, ५० बढि देशबाट रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं, २३ असार । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिने कम्पनीले बताएको छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here