देशभर ५६ प्रतिशत रोपाइँ सकियो, सबैभन्दा धेरै कर्णाली प्रदेशमा

काठमाडौं, २३ असार । देशभर ५६ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागको तथ्याङ्क अनुसार असार २२ गते सम्ममा देशभर ५६.६१ प्रतिशत धान रोपाइँ सकिएको हो।

यो गत वर्षको भन्दा करिब ४.५ प्रतिशतले कमी हो। ‘नेपालका रोपाइँ हुने जमिनमध्ये ५९ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्ने अवस्था रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषिविज्ञ डा.महादेवप्रसाद पौडेलले पत्रिकालाई बताए ।

अन्य ४१ प्रतिशतकोलाई सिंचाई सुविधा रहेको पौडेल क्लाउडले पत्रिकासँग भने’ । तथ्याङ्क अनुसार हालसम्म प्रदेश १ मा ४६.५८ प्रतिशत रोपाइँ सकिएको छ ।

प्रदेश दुईमा ३९.२८ प्रतिशत , बागमती प्रदेशमा ६१.१ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा गतवर्ष ५६.४९ प्रतशत भूभागमा रोपाईं सकिएकोमा यस वर्ष सबैभन्दा कम ३०.५७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

गतवर्ष ८६.३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा यसवर्ष ८३.८५ प्रतिशत भूभागमा मात्रै रोपाईं सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। लुम्बीनीमा ८०.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५.५४ क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here