गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं, २७ असार । गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट बी.१.६१७.२ फेला परेको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेको छ। गत जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ५ जनाको नयाँ भेरिएन्ट जाँचका लागि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो।

डेल्टा भेरियन्ट यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here