भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइँदै, क-कसले पाउँछन् ?

काठमाडौं, २९ असार । चीनबाट ल्याइएको भेरोसेल तथा अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने भएको छ ।

अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ ।

भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालकलाई लगाइँदैछ ।

सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन् ।

यसअतिरिक्त खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here