जापानले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिने

काठमाडौं, २९ असार । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको भ्याक्सिन दिने जानकारी दिएको हो । उक्त खोन जापानमा नै उत्पादन भएको हो ।

यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।

उनले दिएको जानकारी अनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।

जापान सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत ३०० जेनेरेटर, अल्ट्रासाउन्ड सहित ६ वटा एम्बुलेन्स समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले जापानले दिएको खोप छिट्टै नेपाल ल्याउने तयारी भैरहेको जानकारी दिएको छ । यससँगै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १० लाख भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई यस खोप प्रदान गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here