बैशाखयता प्राकृतिक विपदमा ११४ जनाको मृत्यु, अझै बाढी-पहिरोको जोखिम धेरै

काठमाडौं, ३० असार । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि हालसम्म विपद्जन्य घटनामा परेर १ सय १४ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

यस अवधिमा वैशाख १ गतेदेखि असार २९ गतेसम्मको तथ्याङ्क अनुसार पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here