वर्षातको समयमा यस्ता खानेकुराले बनाउछ कपाल सुन्दर र मजबुत

काठमाडौं । अरुको सुन्दर कपाल देख्दा लोभिने धेरै हुन्छन् । आफ्नो कपालसँग तुलना गर्दै मुख अमिलाउने पनि भेटिन्छन् ।

वर्षातको समयमा कपाल सुन्दर र मजबुत बनाउनको लागि झनै धेरै ध्यान दिनुपर्छ । जसको लागि खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ ।

धेरै मानिसहरुले सुन्दर कपालको चाहना राखेपनि कसुरी कपालको सुरक्षा गर्ने ? सुन्दर कपाल बनाउन के कस्ता खानेकुरा खाने भन्ने विषयमा ध्यान दिएको पाइँदैन ।

आज हामीले के कस्ता खानेकुराले कपाल सुन्दर र मजबुत बनाउँछ भन्ने विषयमा चर्चा गरेका छौं ।

कपाल लामो र सुन्दर बनाउन मानिसहरुले विभिन्न औषधी सेबन गर्छन्, तर खानपिनमा त्यति ध्यान दिँदैनन् । खानपिनकै कारण कपाल मजबुत र सुन्दर बन्छ भन्ने कुरा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

बदाम

नियमित बदाम खाँदा कपाल बृद्धि गर्छ । बदामले छालालाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत समेत बनाउँछ ।

सागपात

कपाललाई मजबुत र सुन्दर बनाउन मेथाईसल्फनीमिथेन (एमएसएम) नामक तत्व चाहिन्छ । एमएसएमलाई अर्गानिक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासको लागि महत्वपूर्ण मानिन्छ ।

एभोकाडो

कपाल बृद्धि र झर्नबाट रोक्न एभोकाडो महत्वपूर्ण मानिन्छ । एभोकाडोबाट प्राप्त हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउछ । एभोकाडोलाई थिचेर यसलाई स्याम्पुको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

साल्मोन

साल्मोनमा हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई सुन्दर र आर्कषक बनाउन ।

अन्डा

प्रोटिन अभावमा हाम्रो शरिरका अंगहरु बृद्धि हुँदैनन् । कपालको वृद्धिमा पनि यही लागू हुन्छ । अन्डा प्रोटिनमात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई बलियो र सुन्दर बनाउछ ।

गेडागुडी

गेडागुडीमा प्रशस्त मात्रामा आईरनको मात्रा हुन्छ । शरिरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण मानिन्छ । आईरनले कपालको जरा मजबुत बनाउछ । नियमित गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here