नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः दैनिक ६ घण्टा बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।

आयोजनाले शनिवार नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।

आइतबारदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजना

निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको सो सडकमा विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ ।

त्यस्तै मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here