युरो कप र कोपा अमेरिका विजेताले ‘म्याराडोना सुपर कप’ खेल्ने

काठमाडौं । युरो कप २०२० र कोपा अमेरिका २०२१ को विजेताबीच ‘म्याराडोना सुपर कप’ मा प्रतिस्पर्धा हुने भएको छ ।

अर्जेन्टिनी मिडियाका अनुसार नोभेम्बर २०२० मा निधन भएका अर्जेन्टिनी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको सम्झनामा अर्जेन्टिना र इटालीबिच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने भएको हो ।

उक्त खेलमा युरोपियन च्याम्पियन इटाली र कोपा अमेरिकाको विजेता अर्जेन्टिनाले खेल्ने अर्जेन्टिनी मिडिया ‘डायरियो ओले’ जनाएको छ ।

म्याराडोनाको सम्झनामा हुने सो खेलका लागि युरोपियन फुटबल महासङ्घ (युइएफए) र दक्षिण अमेरीकी फुटबल महासङ्घ (कोन्मेबोल) बीच छलफल जारी रहेको खबरमा उल्लेख छ ।

गत आइतबार बिहान ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० गोलले हराउँदै उपाधि उचालेको थियो । त्यसको २४ घण्टा नबित्दै इटालीले इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएर युरो २०२० को उपाधि जितेको थियो ।

अब, दुवै घरेलु प्रतियोगिताका विजेता टिमबीचको प्रतिस्पर्धा हुने खबरमा जनाइएको छ । तथापि, यस खेलबारे समय र मितिसहित आगामी केही दिनमा औपचारिक घोषणा हुने बताइएको छ ।

दुई टिमबीचको खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here