अमेरिकी चरामा महामारीको प्रकोप, ६ राज्यमा फैलियो संक्रमण

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा एउटा रहस्यमय रोगका कारण चराहरु मर्न थालेका छन् । तर, वैज्ञानिकहरूले कुन रोगको कारण यस्तो भईरहेको छ भन्ने कुरा पत्ता लगाउन सकेका छैनन् ।

यद्यपि कि स्टारलिग्स, ब्लु जेज, ग्रैकल्स जस्ता चराहरुको मृत्यु पक्षीको महामारीको संकेत हुन सक्ने बताईएको छ । सामान्यतया चराहरूमा साल्मोनेला र क्लेमाइडिया ब्याक्टेरियाको संक्रमणको कारण यस्ता मृत्यु हुन्छन् तर वैज्ञानिकहरू विश्वास गर्छन् कि यस समयमा यी ब्याक्टेरियाहरू मृत्युको कारण होइनन् ।

यस पटक मृत्यु भएका चराहरुमा आँखाको शक्ति कमजोर भएको, उढ्ने दिशा विर्सने र उढ्न नसक्ने जस्ता समस्या देखिएको बताईएको छ । जसको कारण चराहरु मर्ने गरेका छन् ।

दुई महिना अघि भर्जिनिया, वाशिंगटन र मेरील्याण्डमा यस रोगबाट चराको मृत्यु हुने घटनाहरू रिपोर्ट गरिएको थियो । तर पछिल्लो समय यो समस्या केन्टकी, डेलावेयर र विस्कन्सिनमा समेत फैलिएको छ ।

यस अनौठो रोगले मारिएका चराहरूको पोस्टमर्टम पेन्सल्भेनिया विश्वविद्यालयको वेटरनरी मेडिसिन स्कूलमा भइरहेको छ । यहाँ टोक्सोलिक्स विभागका प्राध्यापक लिसा मर्फीका अनुसार हालसम्म गरिएको अनुसन्धानमा चराहरुको मृत्युको कारण पत्ता लागेको छैन ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here