मेस्सी बार्सिलोनामै बस्ने, पारिश्रमिक आधा कटौती

काठमाडौं, ३१ असार । स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

गत जुन ३० मा मेसी र बार्सिलोनाबीचको अनुबन्ध समाप्त भएको थियो र उनी बिना कुनै मूल्य अन्य क्लब जान सक्ने भएका थिए ।

कोपा अमेरिकाको समाप्तिपछि उनी अहिले बिदामा छन् ।जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको दाबी गरिएको छ । तर, मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here