काठमाडौं, १ साउन । अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्ष पुरा भएको छ । सन् २००१ बाट सुरु भएको यस युद्धमा लाखौं मानिसले ज्यान गुमाईसकेका छन् भने खर्बो डलरको क्षति भएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार अहिलेसम्म ३० लाख ३१ हजार ३०० जनाको मृत्यु भएको छ । जसमा ७१ हजार जना गैर सैनिक मानिस रहेका छन् ।
त्यस्तै, ६९ हजार अफगान सुरक्षाकर्मी, अमेरिकी र नेटो फौजका ३ हजार ५००, निजी सुरक्षा कन्ट्र्याक्टर तर्फ ३ हजार ८०० र तालिवान र अन्य विद्रोहीको मृत्यु भएको छ ।
५९ लाख विस्तापित
युद्धको कारण गएको २० वर्षमा ५९ लाख अफगानी जनता विस्तापित भएका छन् । जसमा २७ लाखले देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन् भने, ३२ लाख जनता देशभित्रै विस्तापित भएका छन् ।
२२ खर्ब डलरभन्दा बढीको क्षति
२० वर्षे युद्धमा अमेरिकी सरकारले २२.६ खर्ब डलर खर्च गरिसकेको बीबीसीले जनाएको छ । त्यस्तै, पुननिर्माणमा अमेरिकाले १ खर्ब ४३ अर्ब डलर खर्च खर्च गरेको छ । (बीबीसी)