यस्ता छन् परवल खानुका अनेक फाइदा

काठमाडौं । परवल तरकारी र अचार बनाएर खान निकै प्रचलित छ । गर्मी मौसममा परवलको तरकारी उत्तम मानिन्छ ।

परवल लामो समयसम्म ताजा रहन्छ । परवलमा भिटामिन ए, बी, बी–२ र सी भरपुर मात्रामा पाइन्छ । यसको बोक्रामा मैग्रीशियम, पोटैशियम र फस्फोरस पनि भरपुर मात्रा हुन्छ ।

परवल खानुका फाइदा यस्ता छन्

– परवलले इम्यून सिस्टमलाई राम्रो बनाउँछ । यसले ज्वरो, रुघाखोकी, छालाको इन्फेक्शन र चोट चाँडो निको पार्न मद्दत गर्छ ।

– परवलमा भरपुर मात्रामा डाइट्री फाइबर्स पाइन्छ । जसले पाँच प्रणाली नियमित बनाउँछ ।

– परवलमा रहेको एन्टी अक्सीडेन्ट बढ्दो उमेरको लक्षण कम गर्न मद्दतगार हुन्छ । यसले मुहारको चाउरी र डण्डिफोर पनि हटाउनमा मद्दत गर्छ ।

– परवल छालासम्बन्धी समस्याका लागि फाइदाजनक छ । परवलमा रहेको विउले कब्जीयत र पाचनसँग जोडिएका समस्याहरुमा फाइदाजनक छ ।
मधुमेहका विरामीका लागि विशेषगरी परवलको तरकारी खान सल्लाह दिइन्छ ।

– परवलको लेपले पेन–किलरजस्तै काम गर्छ ।

– यदि तपाईको बच्चालाई भोक नलाग्ने समस्या छ भने उसलाई परवलको तरकारी खुवाउनुस् । परवलको प्रयोगले पेटभित्र किरा मर्छन् ।

– एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here