मेसीको भाइरल तस्बीरले इन्स्टाग्राममा बनायो किर्तिमान

काठमाडौं । लियोनेल मेसीले आफ्नो क्यारियरमा पहिलो पटक अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधि जितेर विश्वभर चर्चा भइरहेको बेला उनले अर्को नयाँ किर्तिमान बनाएका छन् ।

कोपा अमेरिकाको ट्रफीसँग खिचेको मेसीको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिलेसम्मकै सबै भन्दा बढी लाइक पाउने तस्वीर बनेको छ ।

इन्स्टाग्राम मेसीको सो तस्बीरले २ करोड लाइक पाएको छ । मेसीको इन्स्टाग्राम फ्रोफाइल विश्वमै सबैभन्दा बढी हेरिने प्रोफाइलमा पर्दछ ।

एक रिपोर्टका अनुसार मेसीले पोष्ट गरेको सो तस्बीर २४ घण्टामा २३२ मिलियनले हेरेका थिए ।

इन्स्टाग्राममा यसअघि सबैभन्दा बढी लाइक गरिएको तस्बीर भने क्रिस्टियानो रोनाल्डोको रहेको थियो । रोनाल्डोले २०२० को नोभेमब्र ५ मा अर्जेन्टिनाका लिजेण्ड म्यारोडोनालाई श्रद्धान्जली दिएको तस्बीरलाई एक करोड ९८ लाख जनाले लाइक गरेका थिए । रोनाल्डोको यो रेकर्डलाई मेसीले तोडेका छन् ।

यद्यपी इन्स्टाग्राममा धेरै फलोअर भने रोनाल्डोको नै रहेका छन् । रोनाल्डोको अहिले इन्स्टाग्राममा ३१५ मिलियन फलोअर रहेका छन्, रोनाल्डो इन्स्टाग्राममा धेरै फलोअर हुने मध्ये पहिलो स्थानमा रहेका छन् । तर मेसीको भने इन्स्टाग्राममा २३३ मिलियन फलोअर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here