सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ साउन । नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । कारोबार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा रु २ सयले बढेको हो ।

आइतबार प्रतितोला रु ९३ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य सोमबार तोलामा रु २ सयले बढेर प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार ३ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँ घटेर रु १२९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here