यसकारण चल्छन् पेटमा बच्चा

काठमाडौं । तपाईंले प्राय धेरै महिलाहरुले उनीहरुको पेटमा भएको बच्चाले खुट्टा चलाईरहेको छ भन्ने कुरा सन्नु भएकै होला ।

तर, तपाईंलाई थाहा छ यसको पछाडि धेरै कारणहरु हुन्छन् । धेरैजसो महिलाहरुलाई यस विषयमा चिन्ता हुने गर्छ कि आखिर किन बच्चाले खुट्टा चलाईरहेका छन् ?

यदी तपाईंको घरमा वा वरिपरी कोही महिला गर्भवती छिन् र उनलाई यो विषयमा कुनै कुरा थाहा छैन् भने यी ६ कारणले विशेषगरी बच्चाहरु खुट्टा चलाउने गर्छन् ।

यस्ता छन् कारण

१. बच्चा स्वस्थ भएको अवस्थामा

यदी महिला गर्भवती भएको अवस्थामा पेटमा भएको बच्चाले खुट्टा चलाएमा बच्चा स्वस्थ भएको भन्नेकुरा बुझ्नुपर्छ । बच्चा स्वस्थ भएको अवस्थामा यस्ता कार्य बच्चाहरु गर्छन् ।

२. बाहीरी परिवर्तन थाहा पाएमा

यदी बच्चाहरु बाहीरी परिवर्तन थाहा पाएमा पनि खुट्टा चलाउने गर्छन् । जसको बारेमा आमालाई थाहा हुन्छ ।

३. आमा बायाँतर्फ फर्किदा यस्तो धेरै हुन्छ

जब गर्भवती महिलाहरु बायाँतपर्फ सुतेमा बच्चाहरु खुट्टा चलाउछन् । बायाँतर्फ सुत्दा शरीरमा धेरै रक्तसञ्चार हुने भएको कारण बच्चाहरु चल्छन् ।

४. शक्तिको मात्रामा वृद्धि भएमा

गर्भवती महिला जब खाना खान्छीन् त्यो अवस्थामा बच्चाहरुले धेरै खुट्टा चलाउने गर्छन् । खाना खादाँ पौष्टिक तत्त्व प्राप्त हुने कारणले गर्दा बच्चाहरु खुट्टा चलाउँछन् ।

५. ९ हप्ता भएपछि सुरु हुन्छ यस्तो प्रकृया

पहिलो पटक गर्भवती भएकि महिलाको पेटमा भएको बच्चाले ९ हप्ताबाट खुट्टा चलाउछन् भने दोस्रो पटकबाट गर्भवती भएकि महिलाको १३ हप्तापछि यस्तो प्रकृया सुरु हुन्छ ।

६. बच्चाले अक्सिजन राम्रोसंग पाउँदा

यदि पेटमा भएको बच्चाले खुट्टा चलाएन भने उसले अक्सिजन राम्रोसंग पाएको छैन् भन्ने बुझ्नुपर्छ । जब प्रयाप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ तब उनीहरु खुट्टा चलाउने गर्छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here