प्रतितोला ७०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ साउन । बुधबार सुनको भाउ पुन घटेको छ । आज सुनको भाउ तोलामा रु ७ सयले घटेको हो ।

मंगलबार प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बुधबार तोलामा ७ सयले घटेर प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९२ हजार कायम भएको छ ।

यता चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँ घटेर रु १२६० मा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here