कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।

यो विधिको आलोचनासमेत भएको थियो । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिने र शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here