यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स, पहिलो कुन ?

काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण विश्वका हरेक आर्थिक क्षेत्र प्रभावित बन्यो । त्यसमा पनि आवतजावत बन्द हुँदा पछिल्ला दुई वर्ष एयरलाइन्स उद्योगका लागि निकै कष्टकर रह्यो ।

२०२० मा त अधिकांश एयरलाइन्सका विमानहरू हवाई मैदानमै बस्न बाध्य भए । विश्वभर फैलिएको कोरोना र अधिकांश सरकारले लकडाउन तथा यात्रामा प्रतिबन्ध लगाएकाले एयरलाइन्स उद्योग नै संकटमा परेको थियो । तर अब २०२१ मा विस्तारै एयरलाइन्सहरु आफ्नो काममा फर्किएका छन् । विश्वभर लकडाउन खुकुलो र प्रतिबन्धहरु हट्दै गएपछि एयरलाइन्सहरु विमान उडाउन थालेका छन् ।

यसैबीच एयरलाइन्स रेटिंग डट कमले आफ्नो २०२१ को बार्षिक राउण्ड अप सार्बजनिक गर्दै २०२१ का उत्कृष्ट एयरलाइन्सको सूची सार्बजनिक गरेको छ ।

एयरलाइन्स रेटिंग डट कमले यात्रुहरुले गरेको रिभ्यू, अफर र उडान अवधिका आधारमाएयरलाइन्स एक्सलेन्स अवार्डको समेत घोषणा गरेको छ ।

नयाँ रेटिंग अनुसार गतबर्षको एयर न्यूजील्याण्डलाई पछाडी पार्दै कतार एयरवेज शिर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म ६ पटक शिर्ष स्थान हासिल गरेको एयर न्यूजील्याण्डले यस पटक दोस्रो स्थान हासिल गरेको हो ।

एयरलाइन्स रेटिंग डट कमले सामान्यतया एयरलाइन्सको रेटिंग नोभेम्बर महिनामा सार्बजनिक गर्ने गरेको भएपनि कोरोना महामारीका कारण विश्वकै परिस्थिति बदलिएकोले जुलाई महिनामा सार्बजनिक गरेको जनाएको छ ।

त्यस्तै, यस सूचीमा सिंगापुर एयरलाइन्स तेस्रो स्थानमा छ । सिंगापुर एयरलाइन्सले २०१९ मा उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको थियो । त्यस्तै यस सूचीमा चौथो स्थानमा क्वान्टास एयरलाइन्स रहेको छ । अस्ट्रियाको यो एयरलाइन्स यसै बर्षको शुरुवातमा विश्वको सबै भन्दा सुरक्षित एयरलाइन्स भएको घोषणा गरिएको थियो ।

त्यस्तै दुबईको इमिरेट्स यस सूचीमा पाँचौ नम्बरमा रहेको छ ।

त्यस्तै एयरलाइन्स रेटिंग डट कमले सिंगापुर एयरलाइन्सलाई बेस्ट फस्ट क्लासको अवार्ड दिएको छ भने भर्जिन अस्ट्रेलिया एयरलाइन्सलाई बेस्ट क्याबिन क्रु को अवार्ड दिएको छ । त्यस्तै बेस्ट एयरपोर्ट लाउन्जको अवार्ड क्वान्टासले जितेको छ ।

त्यसैगरी युरोपको उत्कृष्ट बजेट एयरलाइन्समा इजिजेटले अवार्ड पाएको छ भने जेटस्टारले एसिया प्यासिकको उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड जितेको छ । त्यस्तै अमेरिकी क्षेत्रबाट साउथेष्ट एयरलाइन्सले उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड जितेको छ ।

यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स

१. कतार एयरलाइन्स
२. एयर न्यूजील्याण्ड
३. सिंगापुर एयरलाइन्स
४. क्वान्टास
५. इमिरेट्स
६. काथे प्यासिफिक
७. भर्जिन एटलान्टिक
८. युनाइटेड एयरलाइन्स
९. इभा एयर
१०. ब्रिटिश एयरवेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here