सन् २०३२ को ओलम्पिक अस्ट्रेलिया ब्रिस्बेनमा

काठमाडौं, ६ साउन । सन् २०३२ को ओलम्किप अस्ट्रेलियाको ब्रिस्बेनमा हुने भएको छ । बुधबार जापानको टोकियोमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)का सदस्यहरूले सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिस्बेनमा हुने टुङ्गो गरेका हुन् ।

भोटमार्फत उनीहरूले २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा गर्ने निर्णय लिएका हुन् । ओलम्पिक आयोजनास्थल छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो ।

अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने भएको हो । यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक आयोजना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here