सुनको मूल्य घट्ने क्रम जारी, कति छ कारोबार मूल्य ?

काठमाडौं, ७ साउन । सुनको मुल्य घट्ने क्रम बिहीबार पनि जारी नै रह्यो । आज सुनको भाउ तोलामा रु ७ सयले घटेको हो ।

बुधबार प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बिहीबार तोलामा ७ सयले घटेर प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ ।

बिहीबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर रु १२७० मा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here