‘द हन्ड्रेड’ खेल्न नपाउदा सन्दिपले गुमाए एक करोड

काठमाडौं, ७ साउन । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले इङ्ग्ल्यान्डमा आजबाट सुरु हुने फ्रेञ्चाइज लिग ‘द हन्ड्रेड’ भिसा समस्याका कारण खेल्न पाएनन् ।

‘टायर ५’ भिसामा गत असार तेस्रो साता अर्थात असार २४ गते इङ्ग्ल्यान्ड पुगेका सन्दिपले १० दिने क्वारेन्टाइन पूरा गरेर द हन्ड्रेड खेल्न मङ्गलबार नै अभ्यासमा फर्किनुपर्ने थियो । तर ‘द हन्ड्रेड’मा सहभागी हुन अर्को भिसा आवश्यक पर्ने भएपछि उनले प्रतियोगिता सुरु नहुँदै नेपाल फर्किनु परेको छ ।

‘टायर ५’ भिसा अस्थायी ‘वर्क पर्मिट’ बोकेको भिसा हो । यसअघि आयोजकले पनि एउटै भिसाले खेल्न पाउने बताएको भएपनि अहिले समस्या देखिएको कारण उनी बुधबार नै नेपाल फर्किए ।

सन्दिपलाई ओभल इन्भिसिबलले ‘द हन्ड्रेड’ को लागि ६० हजार पाउन्डमा खरिद गरेको थियो । तर, खेलमा सहभागी नभएपछि ६० हजार पाउन्ड अर्थात एक करोड रुपैयाँ गुमेको छ ।

सन्दिपको स्थानमा ओभल इन्भिसिबलले दक्षिण अफ्रिकाका तब्ररैज सम्सीलाई टिममा अनुबन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here