सुनको मूल्य ३०० रुपैयाँ बढ्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं, ८ साउन । लगातार घटेको सुनको मुल्य शुक्रबार भने बढ्यो । आज सुनको भाउ तोलामा रु ३०० बढ्यो ।

बिहीबार प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य शुक्रबार तोलामा ३ सयले बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

शुक्रबार चाँदीको मुल्य पनि बढ्यो । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर रु १२८० मा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here