यस्ता छन् आँप खानुका अनेक फाइदा

काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । यो मौसममा स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । साथै गर्मीको सिजनमा बढी मात्रामा फलफूलको सेवन गर्न चिकित्सकहरु सल्लाह दिन्छन् ।

गर्मी मौसममा पाइने फलफूल मध्ये आँप पनि एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

यस्ता छन् फाइदाहरुः

– आँपमा रहेको भिटामिन ई कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।

– आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।

– आपँमा हुने टारटारिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरिरमा रहेको अम्लिय पदार्थलाई निस्तेज पार्न सहयोग गर्छ ।

– रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँफले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।

– आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

– नियमित आँप खादँ पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।

– आँपले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।

– आँपको पात पनि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ । आपँको पातको उचित प्रयोगले मधुमेह कम ग्रन मद्धत गर्छ । ५६ वटा पात उमालेर त्यसलाई अलिअली चिसोमा रातभर राख्ने र त्यसको पानी बिहान सबेरै खाने गरे शरिरमा रहको इन्सुलिनको मात्रा कमी भई मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

– आँपमा भरपूर मात्रामा भिटामिन बी सिक्स हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

– आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here