टोकियोमा फहरिएको नेपाली सान, ओलम्पिक्समा नेपालको खेल कहिले ?

काठमाडौं,८ साउन । जापानको राजधानी टोकियोमा ३२ औँ गृष्मकालीन ओलिम्पिक्स शुक्रवारबाट औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार नेपाली समय अनुसार साँझ भब्य कार्यक्रम आयोजना गरि ओलम्पिक्स शुरु भएको हो । दर्शकबीना नै रंगशालामा भब्य कार्यक्रम आयोजना भयो ।

आज नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोके । नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोली अहिले जापानमा छन् । नेपाली खेलाडीको खेल भने शनिबारबाटै शुरु हुने तालिका छ । शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् ।

जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्ने तालिका छ । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना रहेकी छिन् । जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने भएका छन् ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्। नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोका थिए । त्यसबाट दुई जनाले मात्र पाउन सफल भएका थिए। कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्। पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्ने तालीका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here