कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य, कसरी भर्ने फारम ?

काठमाडौं, १० साउन । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य गरेको छ ।

काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेको हो ।

कार्यालय स्रोतको अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन् ।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने जनाएको छ ।

कोरोनाविरुद्धको पहिलो खोप लगाउन चाहनुहुन्छ ? यसरी भर्नुहोस् फारम

नेपाल सहित विश्वका विभिन्न देशमा कोभिड-१९ विरुद्धको खोप तीव्र रुपमा सञ्चालनमा रहेको छ ।

खोप सञ्चालनमा रहेपनि नेपालमा शुरुवाती चरणमा कतिपयले डरकै कारण लगाएनन भने इच्छा हुनेहरुले प्राथमिकताको आधारमा भागबण्डागर्दा अवसर पाएनन् ।

कोरोनाले त्रसित अधिकांश मानिसहरु खोप लगाउन चाहन्छन्। तर सरकारले पहिलो चरणको खोप प्राथमिकताको आधारमा सञ्चालन गरेको थियो ।

प्राथमिकताको कारण नै धेरै जसोले खोप लगाउन पाएका थिएनन् । सरकारले प्राथमिकताका आधारमा चरणगत रुपमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेपनि सर्वधारणले भने अझै सहज रुपमा खोप लगाउन पाएका छैनन् ।

स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएकाले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्नेछन् ।

खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम https://vaccine.mohp.gov.np/ साइटबाट भर्न सकिने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि फारममा तपाईको पुरा नाम, ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी भर्नु पर्ने हुन्छ।

यो फारम किन भर्ने ?

१) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न ।

२) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो ।

३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ ।

४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ ।

५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here