जोन ग्याम्पर ट्रफी : बार्सिलोना र युभेन्टस अगस्ट ८ मा भिड्ने

काठमाडौं । युभेन्टसले जोन ग्याम्पर ट्रफीको उपाधिका लागि स्पेनिस क्लब बार्सिलोनासंग समाना गर्ने भएको छ ।

अगस्ट ८ मा बार्सिलोनाको मैदान क्याप नोउमा हुने खेलमा समकालीन विश्वका उत्कृष्ट फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ ।

बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा रोनाल्डोबिनाको युभेन्टस बार्सिलोनासँग पराजित भएको थियो । बार्सिलोनाले युभेन्टसलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरेका थिए ।

रोनाल्डो मैदान फर्किएपछि दोस्रो खेलमा युभेन्टले ३–० गोलको सहज जित निकालेको थियो, जसमा रोनाल्डोले दुई गोल गरेका थिए ।

बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । उसले ४३ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here