चकलेट खानुका अनेक फाइदाः डिप्रेशन कम गर्नेदेखि सुन्दर बनाउनेसम्म

काठमाडौं । चकलेट मन नपराउने मानिस सायदै होलान् ।

बच्चा देखि बुढाबुढीसम्म चकलेट भनेपछि सबैजना हुरुक्कै हुन्छन् ।

चकलेट तपाईंलाई किनमन पर्छ ? यदि कसैले तपाईसँग यो प्रश्न सोध्छन् भने तपाईंले पक्कै भन्नुहुनेछ यसको मिठो स्वादको कारणले।

तर, अब तपाईंले स्वादबाहेक यसको स्वास्थ र सोन्दर्यसँग जोडिएको लाभ पनि बताउन सक्नुहुन्छ ।

त्यतिमात्रै होइन् झन्झट नमानिकन तपाईं आफ्नो मनपरेको चकलेट खान सक्नुहुनछ ।

अध्ययनहरुका अनुसार चकलेटको फाइदा स्वादसँग मात्रै सम्बन्धित छैन् । तपाईंले चकलेट खाएर आफ्नो स्वास्थ राम्रो र शरीरलाई सुन्दर बनाउन पनि सक्नुहुन्छ ।

बजारमा उपलब्ध कैयौं प्रकारका चकलेटमा सबैभन्दा राम्रो डार्क चकलेट हुन्छ । यसमा सुगरको मात्रा धेरै नै कम हुन्छ वा हुँदैन नै भने पनि हुन्छ र यो चकलेट मानिसको स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ ।

चकलेटको सेवनले स्वास्थ्य र शरीरलाई सुन्दर कसरी बनाँउछ छ त ?

थाहा पाइराख्नुहोस चकलेटको यी ७फाइदाः

१. तनाव वा डिप्रेशनकम गर्छ

यदि तपाईं कुने प्रकारको तनावमा हुनुहुन्छ भने चकलेट तपाईंको त्यस्तो साथी हो जसले केही पनि नभनिकन वा नसुनीकन तनाव कम गर्न सक्छ । तपाईं जब पनि तनाव वा डिप्रेशनमा हुनुहुन्छ भने चकलेट खानुहोस् ।

२. छालालाई राख्छ जवान

चकलेटमा एन्टी अक्सिडेन्टको गुण भरपुर हुन्छ जसले तपाईंको छालामा देखिने ढल्कँदै गरेको उमेरको लक्षणहरु, चाँया र दागहरु कम गर्छ । यसले तपाईंको छाला र अनुहार जवान देखिन्छ । यसै गुणको कारणले आजकाल चकलेट बाथ, फेसियल प्याक र वेक्सको प्रयोग पनि हुन थालेको छ ।

३. लो ब्लडप्रेशरको समस्या हटाउँछ

जो मानिसहरुलाई निम्न रक्तचापको समस्या छ उनीहरुको लागि चकलेट धेरै नै लाभदायक हुन्छ । ब्लडप्रेशर कम भएको स्थितीमा चकलेटले तुरुन्त राहत दिन्छ । यसैले सधैं आफ्नो साथमा चकलेट राख्न जरुरी छ ।

४. कोलेस्ट्रोल कम गर्छ

शरीरमा हुने एलडिएन कोलेस्ट्रोल अर्थात नराम्रो कोलेस्ट्रोललाई कम गर्नको लागि चकलेट धेरै नै उपयोगी हुन्छ । यसले एलडिएन कोलेस्ट्रोललाई कम गरेर मोटोपना र यसको कारणले हुने खालका विभिन्न बिरामीहरुलाई पनि नियन्त्रित गर्छ ।

५. दिमाग राख्छ स्वस्थ

एक शोधकाअनुसार दैनिकदुई कपतातो चकलेट ड्रिंक पिउनाले दिमाग स्वस्थ हुन्छ र स्मरणशक्ति तेज हुन्छ । चकलेटले दिमागमा रक्त सञ्चार राम्रो बनाँउछ ।

६. मुटुरोग बाट बचाँउछ

एक रिसर्चको अनुसार चकलेट वाचकलेट ड्रिंकको सेवनले मुटुरोगको सम्भावनालाई एक तिहाइ गरीदिन्छ र मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।

७. एथिरोस्क्लेरोसिसबाट बचाँउछ

एथिरोस्क्लेरोसिस एक प्रकारको रोग हो जसमा धमनीहरु अवरुद्ध हुन्छन् । यस्तो स्थितीमा चकलेट धेरै नै लाभदायक हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here