स्वर्ण पदक विजेता खेलाडीको फोटोबारे पश्चिमा मिडियासँग किन भड्कियो चीन ?

REUTERS\BBC

काठमाडौं,१० साउन । शनिबार टोकियो ओलम्पिकमा ४९ किलो तौल समुहको महिला वेटलिफ़्टिंगमा स्वर्ण पदक विजेता चिनियाँ खेलाडीको तस्वीरलाई पश्चिममा मिडियाले गरेको प्रस्तुतीप्रति चीन र चिनियाँ नागरिकले कडा आलोचना गरेका छन् ।

गोल्ड मेडल विजेता २४ वर्षिय हो जीहोएले यो मेडल जितेकी थिइन् । उनको तस्वीरलाई रोयटर्सले सर्वप्रथम पश्चिमा मिडियाका लागि उपलब्ध गरायो । जहाँ उनी वेट उचाल्ने भागभंगिमामा हुन्छिन् । जसका कारण उनको मुख बिग्रिएको देखिन्छ । जब रोयटर्सले यो तस्वीर सार्वजनिक गर्यो । त्यसपछि भने चिनियाँ अधिकारी र चिनियाँ नागरिक पश्चिमा मेनस्ट्रिम मिडियाँसँग भड्किएका छन् ।

समाचार एजेन्सी रोयटर्सले आफ्नो ट्विवटर अकाउन्टमा यो फोटो राखेको थियो । एक खेलाडीका लागि यो भंगिमा सामान्य हो । तर, जितको उत्सव मनाएर पदक लिइसकेपछि पनि उही तस्वीर राखेर गरेको प्रचारले भने चिनियाँको मन दुखायो ।

चिनियाँ नागरिकले सामाजिक संजालमा पश्चिमी मिडियाको खुलेर आलोचना गरेका छन् । उनीहरुले चीनलाई गलत मनसायबाट मिडियाले प्रस्तुत गरिरहेको बताएका छन् । कतिपयले भनेका छन्, ‘सायद पश्चिमाहरुका लागि पदक बीना कुनै परिश्रम हात पर्छ ।’

टोकियो ओलम्पिकमा साविकमा जस्तै चीनले पदक तालिकामा अग्रता लिइरहेको छ । यो पश्चिमा मुलुकलाई मन परेको छैन । त्यसकारण उनीहरु ओलम्पिकको सकारात्मक प्रचार नै नगरेको चीनको आरोप छ ।

चिनियाँले सीएनएन, रोयटर्ससहितका संस्थाको खुलेर आलोचना गरेका हुन् । श्रीलंकास्थित चिनियाँ दूतावासले त ट्वीटमार्फत नै यसको आलोचना गरेको छ । उसले भनेको छ, ‘खेलमा राजनीति नघुसाउ ।’

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here