सुनको मूल्य बढ्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं, ११ साउन । सोमबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको छापावाला सुनको मुल्य सोमबार १ सयले बढेर प्रतितोला रु ९२ हजार १०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

सोमबार चाँदीको मुल्यमा भने कुनै परिर्वन भएको छैन् । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here