दैनिक दही खादा स्वास्थ्यमा पुग्छ यस्तो अचम्मको फाइदा

काठमाडौं । दहीको नियमित प्रयोग स्वास्थ्यको लागि फाइदाजन हुने देखिएको छ ।

दहीमा पोषक तत्व हुन्छ । दही पेटको लागि फाइदाजनक छ । दहीमा प्रोटिन क्याल्सियम, राइबोफ्लेविनको साथै भिटामिन वि ६ र भिटामिन वि १२ जस्ता पोषक तत्व पाइन्छ ।

दहीमा भएको लाभदायक ब्याक्टेरिया तपाईलाई स्वस्थ रहन मदत गर्दछ । साथै गर्मीको समयमा दही र दहीबाट बनेको चिजबाट पेटलाई चिसो बनाउनुको साथै अन्य समस्याबाट पनि बचाउछ । दहीले मुख भित्रको छालामा आउने मसिना खाले खटिरामा दिनमा दुई पटक लगाउनाले ठिक हुन्छ । दही र महलाई समान मात्रामा मिलाएर बिहान बेलुका सेवन गर्नाले यस्तो समस्या ठिक हुन्छ ।

दही खादाका फाइदाहरु :

कपाललाई राम्रो बनाउछ

नुहाउनु भन्दा पहिला कपालमा दहीले राम्रोसँग मालिस गरेर केही समय पछि कपाल धुनाले कपालमा नरमपना आउछ ।
हाडलाई मजबुत बनाउछ

दहीमा क्याल्सियम प्रशस्त मात्रामा पाइने हुदाँ यसले हड्डिको विकासमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । साथै दहीले दाँत र नङ्गलाई पनि मजबुत बनाउछ । दहीले माशंपेशीलाई सहि ढंगले काम गर्न मद्दत गर्दछ ।

जार्नीको दुखाई कम गर्दछ

दही खानाले जोर्नीलाई फाइदा गर्दछ । दही स्वादिष्टको साथै पौष्टिक पनि छ ।

अपचलाई भगाउँछ

धेरै मानिसलाई खाना खाने बित्तिकै पनि एसिडिटि हुन सक्छ । यदी तपाईमा पनि यस्तो समस्या छ भने खाना सँगै खाना पछि दही खाने गर्नाले तपाईको शरिरको पिएच सन्तुलनमा राख्न मदत गर्दछ । साथै पेटमा खाना आए पछि हुने गर्मीलाई कम गर्दछ । जसले एसिडिटि हुनबाट बचाउदछ । खाना खाएपछि दहीको प्रयोगले सजिलै खाना पचाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here