टोकियो ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा

काठमाडौं । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा चीनलाई संयुक्त राष्ट्र अमेरिकाले उछिनेको छ । सोमबार बिहानसम्म वर्चश्व कायमै राखेको चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।

टोकियो ओलम्पिक २०२० का अनुसार अमेरिकाले सबैभन्दा बढी ७ स्वर्ण, तीन रजत र चार कास्य गरी १४ पदक जितेको छ ।

त्यस्तै ७ स्वर्ण, १ रजत र ३ कास्य सहित ११ पदक सहित जापान दोस्रो स्थानमा छ ।

चीनले समग्रमा १५ पदक जितेपनि गोल्ड मेडलका आधारमा अमेरिका अगाडि रहेको हो । चीनले ६ स्वर्ण, तीन रजत र ६ कास्य जितेको छ । ऊ पदक तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here