बार्सिलोना र नेयमारबीचको विवाद सुल्झियो

काठमाडौं । ब्राजिलका खेलाडी नेयमार र स्पेनिस क्लब बार्सिलोनाबीच केही समय अघिदेखि चल्दै आएको विवाद पूर्ण रूपमा समाधान भएको छ ।

चार वर्ष क्याप नोउ बसेका नेयमारसँग सबै विवादको समाधान भएको बार्सिलोनाले जनाएको स्पेनिस मिडियाले लेखेका छन् ।

नेयमारले सन् २०१३ देखि २०१७ सम्म गरी चार सिजन बिताएका थिए । त्यसपछि उनी विश्व कीर्तिमान ट्रान्सफर रकम दुई सय २२ मिलियन युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भएका थिए ।

तर, नेयमारले भने पूरा तलब नदिएको र सम्झौताको रकम बाँकी भएको भन्दै बार्सिलोनाविरुद्ध अदालती कारवाही गर्ने दबाब दिँदै आएका थिए । बार्सिलोनाले नेयमारले १६ दशमलव सात मिलियन युरो तिर्न बाँकी रहेको जनाएको थियो भने नेयमारले पूर्वक्लबबाट ४७ दशमलव दुई मिलियन युरो लिन बाँकी रहेको जनाएका थिए ।

सोही विषयलाई लिएर अदालत जाने चेतावनी दिइरहेका नेयमारसँग बार्सिलोनाले विवाद मिलाएको स्पेनिस मिडिया मार्काले जनाएको छ । खबरका अनुसार बार्सिलोनाका वकिलले नेयमारसँग कुरा गरेर अहिले सबै समाधान गरेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here