टोकियो ओलम्पिक: पौडीतर्फ नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान

काठमाडौं, १२ साउन । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् ।

एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका छन् ।

हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८-८ खेलाडी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here