ओलम्पिकमा महिला पोशाक: जर्मन जिम्न्यास्टिक टीमको शरीर ढाक्ने सूटको सन्देश

Photo by injuredly.com

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिन्छ ओलम्पिक । संसारभरका उत्कृष्ट खेलाडी, प्रशिक्षक र खेल अधिकारीहरुको जमघट हुने यो मेला अहिले जापानको राजधानी टोकियोमा जारी छ ।

हरेक ओलम्पिक कुनै न कुनै कारणले विवादित हुने गर्छ । यसमा डोपिंग प्रकरणदेखि यौनसँग सम्बन्धित मामला समेत जोडिन्छन् । खासगरि महिला खेलाडीमाथि गलत नजरले हेर्ने परिपाटी बढेको भन्दै यस पटक जर्मनीको जिम्न्यास्टिक टीमले आफ्नो सुटमा फरक प्रयोग गरेको छ ।

यसको अहिले खुलेर प्रशंसा भएको छ । त्यति मात्र होइन, खेलाडीलाई हेर्न नजर गलत छ भन्ने विषयलाई समेत बहसमा ल्याएको संचारमाध्यमहरुले लेखेका छन् । पहिरन तथा व्यक्तिगत जीवनका सम्बन्धमा युरोपकै सबैभन्दा उदारमध्येको एक मानिने जर्मनीको यो कदमले खेल मात्र नभइ जीवनका अन्य आयामहरुमा पनि ठूलो र दीर्घकालीन महत्व राख्ने मानिएको छ ।

ओलम्पिकमा जर्मनीको महिला जिम्न्यास्टिक टीमले पुरै शरीर ढाक्ने गरि सुट बनाएको छ । टीमका खेलाडीहरुका अनुसार यसले महिलाको शरीर हेरेर उनको प्रतिभालाई नजर अन्दाज गर्नेहरुलाई गतिलो जवाफ दिनेछ ।

यो खेलमा हुने ‘सेक्शुअलाइजेशन’को विरोधमा भएको उनीहरुको तर्क छ । यस कदमले खेलाडीले आफुलाई सहज हुने सूट लगाएर खेलमा भाग लिउन र यसले उनीहरुको आत्मविश्वासमा समेत कमी नआओस भन्ने उद्देश्य राखिएको छ । टेनिसदेखि वीच भलिबलसम्म अनेकौं खेलमा महिलाको शरीरको प्रदर्शन हुने बारेमा पश्चिमी समाजमा पनि बेलाबेलामा बहस हुँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here