टोकियो ओलम्पिकः धेरै आशा गरिएकी गौरिकाले प्रतिस्पर्धा गर्दै

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले आज आफ्नो चुनौती पेस गर्नेछिन्। १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

१३औं सागमा कीर्तिमानी चार स्वर्ण पदक जितेकी गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ।

पौडीकै एलेक्जेन्डर शाहले मंगलबार पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि हिट चरण पार गर्न सकेनन्। हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here