नीम : पात एक फाइदा अनेक

काठमाडौं । नीमको पात स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो ।

यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिन्छ ।

यस्ता छन् फाइदाः

१. ज्वरो आएमा

यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

२. कान दुखेमा

नीमको पातको रस मनतातो पारेर कानमा ३्४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।

३. दाँतको रोगमा

नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।

४. दमको रोगमा

नीमको तेल १० थोपा सादापानमा हालेर बिहान्बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

५. खानामा अरुची भएमा

नीमको कमलो ८१० वटा पात घ्यूमा तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

६. छालालाई आकर्षक

शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।

७. आँखा तेजिलो

नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।

८. छाला सम्बन्धि रोग

यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।

९. कलेजो

यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here