दशैंसम्म सबैलाई खोप लगाउने तालिका बनाउन अर्थमन्त्रीको जोड, नभए अर्थतन्त्र धरापमा पर्नसक्ने

काठमाडौं, १३ साउन । अर्थ मन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेका हुन् ।

खोप खरिदको लागि पैंसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउनु पर्ने धारणा राखे ।

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उनको धारणा छ ।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिवद्धता अर्थमन्त्रीको छ ।

मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here