विश्वकपको लागि २२० विलियन खर्च गर्दै कतार, रसियाको भन्दा १९ गुणा बढी

काठमाडौं । विश्वकप सबैभन्दा चर्चित र सबैभन्दा महँगो फुटबल प्रतियोगिता हो । फिफा यो प्रतियोगिताको आयोजक हो । फिफा विश्वभरका फुटबल संघको छाता संगठन हो ।

फिफाले हरेक चार वर्षमा विश्वकप फुटबल आयोजना गर्दै आएको छ । सन् २०२२ को विश्वकप फुटबल एसियाली देश कतारले आयोजना गर्दैछ । २०२२ नोबेम्बर २१ तारिखबाट सुरु हुने विश्वकप खेलको लागि कतार अहिले भव्य तयारीमा जुटिरहेको छ ।

यसको लागि ठूलो खर्चमा स्टेडियम निर्माण गरिरहेको कतार विश्वकपको लागि २२० खर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यो रकम रसिया विश्वकपमा खर्च भएको रकमको झण्डै १९ गुणा बढी हो ।

आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ ।

यसअघिको विश्वकपमा कति थियो खर्च ?

सन् २०१८ मा रसियामा सम्पन्न भएको विश्वकपमा कुल ११.६ विलियन डलर खर्च भएको थियो ।

यसको अलवा सन् २०१४ को ब्राजिल विश्वकपमा १५ विलियन अमेरिकी डलर खर्च भएको थियो भने, सन् २०१० मा दक्षिण अमेरिकामा सम्पन्न भएको विश्वकपमा ३.६ विलियन डलर खर्च भएको थियो ।

टिकटको रकम कति ?

२०२२ को विश्वकपमा कोराना संक्रमणको कारण दर्शक प्रवेश गर्न पाउछन वा पाउदैन् थाहाँ नभएपनि फिफाले टिकटको मूल्य भने निर्धारण गरेको छ । निर्धारित मूल्य अनुसार ग्रुप स्टेजको खेलमा मैदान प्रवेशको लागि १०५ देखि २१० डलरसम्म लाग्ने बताईएको छ ।

प्रि क्वाटरफाइलमा ११५ देखि २४५ डलर, क्वाटरफाइनलमा १७५ देखि ३६५ डलर, सेमिफाइनलमा २८५ देखि ७५० डलर रहने बताईएको छ ।

तेस्रो स्थानको लागि भएको खेल प्रवेशको लागि १७५ देखि ३६५ अमेरिकी डलर लाग्नेछ । त्यस्तै, फाइनल खेल हेर्न चाहने दर्शकले ४५५ देखि १,१०० डलरसम्म खर्च गर्नुपर्नेछ ।

रसिया विश्वकपको प्रवेश शुल्क कति थियो ?

२०१८ मा सम्पन्न भएको रसिया विश्वकपको टिकट शुल्क १०५ डलबाट सुरु भएको थियो । जसमा ओपनिङ खेलको लागि टिकट मूल्य २२० देखि ५५० डलरसम्म राखिएको थियो ।

त्यस्तै, ग्रुप स्टेजको खेलमा १०५ देखि २१० डलरसम्म रहेको थियो । प्रि क्वाटरफाइलमा ११५ देखि २४५ डलर, क्वाटरफाइनलमा १७५ देखि ३६५ डलर, सेमिफाइनलमा २८५ देखि ७५० डलर तोकिएको थियो ।

तेस्रो स्थानको लागि भएको खेलमा १७५ देखि ३६५ अमेरिकी डलर कायम भएको थियो । त्यस्तै, फाइनल खेलको लागि ४५५ देखि १,१०० डलरसम्म टिकट मूल्य तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here