नारायण रायमाझीको तीज गीत ‘कदमको छायाँले’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक/ संगीतकार तथा निर्देशक नारायण रायमाझीको तीज गीत ‘कदमको छायाँले’ सार्वजनिक भएको छ । करिब २० वर्षअघि रेकर्ड भएको गीत नयाँ भर्सनमा रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा निर्देशन, शब्द, लय संगीत, रायमाझीकै रहेको छ । गीतलाई गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएकी छिन् । छायांकन मिराज अर्याल र योगेन्द्र कार्कीले गरेको उक्त भिडियोमा श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् । छायांकन/सम्पादन/कलर मिराज अर्यालको रहेका छ ।

लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष अनुसार देखाइएको छ । पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए ।

मौलिकताभन्दा पनि अश्लीलता र भड्किलोपन बढ्दै गएको समाजमा यो गीतले कला र संस्कृतिलाई प्रतिनिधित्व गरेको छ ।

बजारमा हँस्यौली र ठट्यौली खालका गीत मात्रै बढी चल्ने गरेकाले कलाकारहरुको ध्यान त्यतै जाँदा तीजमा समाजमा हुने गरेका घटना समेटिएको सन्देशमूलक गीत कमै मात्रामा पाउने गरिएको छ ।

छोरीलाई माइती आइन् भनेर दुःख मान्ने र बुहारी माइती जाँदाचाहिँ कति माइती गएकी होली भन्ने खालको व्यवहार पहिलाका गीतमा पोखिएको हुन्थ्थे । अहिले तीजको महत्त्व बिर्सिँदै गइएको छ । यो पर्वलाई लिएर अधिकाशंले व्यापारसमेत गरिरहेका छन् ।

गीत संगीत व्यापार मात्रै होइन, यसको आफ्नै महत्व हुन्छ । यस्तो व्यापारले संस्कृति मर्दै जाने भन्दै कतिपय कलाकारहरुले गुनासो गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here